header AD
संक्षिप्त विवरण

संघीय संरचना अनुसार बागमती  प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो एक स्थानीय तह हो ।वि. सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकामा जम्मा घर परिवार सङ्ख्या ३१७४ रहेकोमा कूल जनसंख्या १६,०७९ रहेको छ । जसमा पुरुष ७,८८० र महिला ८,१९९ रहेको छ । २०७८ को जनगणना अनुसार महाभारत गाउँपालिकाको लैङ्गिक अनुपात ९६.११ प्रतिशत, वार्षिक जनसंख्या वृद्धिदर १.२३, जनघनत्व ८६ प्रति वर्ग कि.मि. रहेको छ ।यस महाभारत गाउँपालिकाको भूगोल २७ डिग्री २० मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री २७ मिनेट ३० सेकेन्ड उत्तरी अक्षांशसम्म र ८५ डिग्री ३० मिनेट पूर्वी देशान्तरदेखि ८५ डिग्री ४३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।आफ्ना छुट्टै भौगोलिक, साँस्कृतिक, सामाजिक, राजनैतिक तथा आर्थिक पहिचान रहेको यस गाउँपालिकामा विशेषगरी तामाङ, मगर, नेवार, बाहुनक्षेत्री, माझी, दलित, पहरी समुदायका मानिसहरुको बसोबास रही आएका छन् । यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिकासँगै पर्यटकीय क्षेत्र भुमीचुली लेक, ताराखसे लेक र चैत्यपानी जस्ता महत्त्वपूर्ण महाभारत लेकले घेरिएको छ, भने यस गाउँपालिकाको पूर्वी सिमानामा सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँगै महाभारत गाउँपालिकाको सिमानाबाट बगेको कोखाजोर खोला रहेको छ ।पश्चिममा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाको सिमानाबाट बग्ने चाउखोलाले घेरिएको छ।यस गाउँपालिकाको उत्तरी सिमानामा प्राकृतिक तथा पर्यटकीय रुपमा रहेको सुन्दर (म्हाबर) लेक समुन्द्र सतहबाट अन्दाजी २५०० मि. उचाईमा रहेको छ । र यस म्हाबर लेकबाट नै अन्ततः यस गाउँपालिकाको नामाकरण महाभारत हुन पुगेको हो ।

आधारभूत जानकारी
Bagmati
Kabhrepalanchok
गाउँपालिका
186.00 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 16079
Male 7880
Female 8199
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -
Map coordinates not available